प्रदिप सापकोटा
काभ्रे,पनौती । पनौती नगरपालिका ,न्यायिक समितिको आयोजनामा नगर स्तरीय मेलमिलाप कर्ताहरुको बृहत भेला सम्पन्न भएको छ ।
पनौती नगरपालिका उप—प्रमुख तथा न्यायिक समितीका संयोजक गीता बन्जाराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सरोकारवालाहरुको वाक्लो उपस्थिति भएको थियो ।
कार्यक्रममा उप—प्रमुख बञ्जाराले भन्नुभयो—नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप कम भएको छ । यस्तो हुनुमा मेलमिलाप कर्ताहरुको ठ्लो भुमिका रहेकोमा प्रसङ्सा गर्नुभयो । न्यायिक समितिको महत्वपूर्ण अंगको रुपमा रहेका मेलमिलापकर्ताहरुले आफ्नो तटस्थ ,निस्पक्ष तथा सहजकर्ताको भूमिका औल्याउनु भयो ।
त्यसैगरी कार्यक्रममा वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले आफ्नो आफ्नो वडाहरुमा सकारात्मक सोच ,इमानदारी र तटस्थ रहेर मेलमिलाप गराउनुपर्नेमा जोड दिनु भयो । उहाँ नगरपालिका मेलमिलाप कर्ताहरुको साथमा हरपल ,मेलमिलापकर्ताहरु असल आचरणमा रहनु पर्ने ,बिबादका पक्षहरुसङ समान व्यबहार राख्नुपर्ने र प्रचलित कानुनको जानकार हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पनौती नगरपालीका कानुनी सल्लाहकार प्रदिप सापकोटाले संचालन गरेको उक्त भेलामा न्यायिक समिती सदस्य निला अधिकारी र मधुकृष्ण श्रेष्ठ समेतले आ आफ्नो धारणा राख्नु भएको थियो । उक्त कार्यक्रममा वडागत तहमा भएका मेलमिलाप सङ सम्बन्धित कार्यहरुको बारेमा सबै वडाका मेलमिलापकर्ता सयोजक तथा सदस्यहरुले रिपोर्टिङ गर्नुभएको थियो । एक आपसमा सिकाइ आदानप्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस