२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखालमा उप—मेयर कप खेल हुंदै


६१४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पाँचखाल  । प्रथम पाँचखाल उप—मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समुह फुलकन्ट्याक्ट् -Ifkk–Nepal_ कराते प्रतियोगीता – २०७८ पाँचखालमा हुने भएको छ ।

    पाँचखाल नगरपालिकाको सहयोग तथा अन्टराष्ट्रिय संघ ईन्टरनेशनल फेड्रेशन अफ क्योकुशिनकाईकान कराते डो पाँचखाल डोजो , Ifkk काभ्रे जिल्ला संघको आयोजनामा पुष ,१५ गते पाँचखाल न.पा १२ , आजाद मा.बि को प्राङ्गनमा प्रतियोगीता हुने भएको छ ।

    पाँचखाल नगरका प्रमुख महेश खरेलले खेलाडीहरुलाई चलायमान बनाई नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभावान युवा युवतीहरूलाई नियमित प्रशिक्षण मार्फत तयार गरि एक आपसमा कलात्मक प्रतिस्पर्धा गराई अगाडि बडाउने उद्देश्य एवं पाँचखालमा क्योकुशिन कराते प्रतियोगिता मार्फत महिला हिंसाको अन्त्यका लागि महिला नेतृवकै आवश्यकतालाई पुर्णता दिन यस प्रतियोगिताको जिम्मा उप—प्रमुखलाई नै दिनुभएको जानकारी दिनु भयो ।

    बागमती प्रदेश काभ्रे जिल्लाको पाँचखाललाई खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरसम्म चिनाउने, आन्तरिक र बाह्य खेल पर्यटन अवधारणाको विकास गर्ने, युवालाई राष्ट्रप्रति जिम्मेवारी बोध गराउने, उद्देश्यले प्रतियोगीता आयोजना गर्न लागीएको पाँचखाल नगर उपप्रमुख लक्ष्मि दनुवारले जानकारी दिनुभएको छ । वर्तमान समयमा बढीजसो युवाहरु कुलतमा फसिरहेको अवस्थामा प्रतियोगीताले त्यस्ता युवाहरुलाई पनि खेलप्रति आर्कषित गर्ने उनको अपेक्षा छ ।

    काभ्रे जिल्ला लगायत देशका विभिन्न जिल्लाबाट प्रतियोगीतामा करिब ५ सय जना खेलाडीहरुको सहभागीता रहने र ५ हजार देखी १० हजार दर्शकहरुले अवलोकन गर्ने छन ।“ स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद “ भन्ने मुल नारालाई आत्मसात गर्दै यस IFKK क्योकुशिन कराते खेलको माध्यमबाट खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च र नेपाल राष्ट्रको नाम अन्तर्राष्ट्रिय जगतमा उच्च राख्ने माध्यमको रूपमा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यो खेल २०६६ सालमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१२ मा दर्ता भई नियमित खेल प्रशिक्षण हुदै आएको छ ।

    यसैबीच कोभिड –१९ कोरोनाबाट मृत्यु हुनुभएका राष्ट्रिय खेलाडी ब्ल्याक बेल्ट चौथो डान स्व. राम बहादुर दनुवारले पाँचखालमा खेल स्थापनाको लागि गर्नुभएको योगदान प्रति सम्मान र स्मृति रहने खेल संयोजक एवम् पाँचखाल डोजो संघका अध्यक्ष कृष्ण ब. दनुवारले जानकारी दिए । प्रतियोगीता संञ्चालन गर्न करिब , ११ लाख लगानी लाग्ने अनुमान गरिएको छ । पाँचखाल नगरपालीकामा पहिलो पटक आयोजना हुन लागीएको प्रतियोगीतालाई अन्तर्राष्ट्रिय स्तरमा बिकास गराउने कार्यको रूपमा मनन गरि विशेष सहयोग द्वारा व्यक्तिगत , संस्थागत एवं व्यावसायिक बिज्ञापन प्रायोजन पनि गर्न मिल्ने , आयोजकले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार