२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कांग्रेसको १४ औँ महाधिवेशनमा १३४ पदमा ५४८ को उम्मेदवारी


११६४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २५, शनिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका १३४ पदमा पाँच सय ४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ ।

    त्यसमध्ये निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका लागि शनिबार ५४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । एक जना सभापतिकालागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीकालागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    त्यस्तै, सह–महामन्त्री खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट गरी जम्मा ८ पदमा २० जनाको उम्मेदवारी परेको छ ।

    केन्द्रीय सदस्य पदहरूमा

    • थारुतर्फ १४ जना
    • मधेसीतर्फ ३२ जना
    • आदिवासी जनजातितर्फ ८७ जना
    • खसआर्य ९३ जना
    • दलिततर्फ ३९ जना
    • महिलातर्फ ३१ जना
    • पिछडिएको क्षेत्रतर्फ २
    • अपाङ्गता भएकाहरूका तर्फ १६
    • अल्पसंख्यकतर्फ ६
    • मुस्लिमतर्फ १६
    • खुलातर्फ १०९ जना
      • प्रदेश १ बाट १३
      • प्रदेश २ बाट ५
      • वाग्मती प्रदेशबाट ९
      • गण्डकी प्रदेशबाट ७
      • लुम्बिनी प्रदेशबाट ११
      • कर्णाली प्रदेशबाट ७
      • सुदूरपश्चिम प्रदेशबाट १२

      उम्मेदवारहरूको दाबी विरोध र फिर्ता गर्ने समय आइतबार बिहान ११ बजेसम्म छ भने दिउँसो १ बजे उम्मेदवारी फिर्ताको समय तोकिएको छ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार