२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

३५ लाख जरिवाना तोकिएका फरार अभियुक्त जेल चलान


२४४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ७, बुधबार मा प्रकाशित २ साल अघि
  • बन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–६ घर भएका भक्तबहादुर खड्का छन् । ५८ वर्षीय खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत पक्राउ गरेर कारागारमा थुनामा पठाइएको जिल्ला अदालत उदयपुरका तहसिलदार देवराज भट्टराईले  बताए ।

    रुख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले उनलाई ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुने फैसला गरेको थियो ।खड्काले जरिवाना तोकिएको पैसा तिरेका छैनन् । जरिवाना रकम तिरेमा उनि एक महिनाको जेल सजाय भुक्तान गरेपछि रिहा हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार