२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

विपदमा साथदिने संस्था लवग्रीन हो—उपमेयर


२४७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पाँचखाल । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ भाईरसको को रोकथाम तथा व्यवस्थापनको लागि लभग्रीन नेपाल नामक संस्थाले एक कार्यक्रमका विचमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

    पाँचखाल नगरपालिकाका उप—मेयर लक्ष्मी दनुवार,नगरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई, नगरका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारी लाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

    लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवाली, लवग्रीन नेपालका कार्य समिति सदस्य द्वय केशव अर्याल र शिव कुमार बस्नेतको उपस्थितिमा ७ लाख २ हजार ५ सय ४७ रुपैंयाको सामाग्री हस्तान्तरण गरिएको थियो । जसमा ४० लिटर क्षमताको अक्सिजन सिलिन्डर २५ थान, अक्सिजन फ्लोमिटर ४० थान, सेनिटाईजर (५०० मि.लि) ७० थान, के.एन ९५ माक्स २००० थान र सर्जिकल माक्स २००० थान हस्तान्तरण गरिएको थियो ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उप—मेयर लक्ष्मी दनुवारले पाँचखाल नगरलाई विपत पर्दा सधै लवग्रीन नेपालले साथ सहयोग गरेको बताउनु भयो । पाँचखाल नगरलाई बिपद पर्दा साथ दिने संस्था लवग्रीन नेपाल हो, त्यति मात्रै नभएर पाँचखाल नगरको वातावरण सुधार साथै हरियाली विस्तारमा संस्थाले गरेको योगदान अविस्मरणिय रहेको बताउनु भयो । लवग्रीन नेपालले विगत ३० बर्षदेखि पाँचखालको हितको लागि हरेक प्रकारको कार्यहरु गर्दै आएको जसले गर्दा पाँचखालवासि लावान्बीत भएके बताउनु भयो । नगरको आइसोलेसन व्यवस्थापनको लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरु सहि ढंगले सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै संस्थालाई धन्यवाद दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार