काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा कायमै रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?
प्रतिक्रिया दिनुहोस