२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बालबालिका माझ वैवाहिक उत्सव


२५२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ११, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पछिल्लो समय वैवाहिक वर्षगाँठलाई तारे होटल र पार्टी प्यालेसमा विलासिताका साथ मनाउन संस्कारले प्रश्रय पाइरहँदा पनौती निवासी रमेश थापा र रमा थापाले भने सामुदायिक विद्यालयका बालबालिका बिचमा सामञ्जस्यता गरेर आफ्नो २४औं वैवाहिक उत्सवलाई मनाएका छन् ।

    म र मेरी उनी नाम दिएर कार्यक्रमको शुभारम्भ गरेका थापा जोडीले पनौती नगरपालिका वडा नं. ४ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १, २ र ३ का बालबालिकालाई पोशाक लगायत आवश्यक अन्य शैक्षिक सामग्री वितरण गरेर उदाहरणीय कार्यको थालनी गर्नुभएको छ ।
    आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा अन्य दाताहरुलाई पनि यसतर्फ आकर्षित गर्ने जमर्काे सहित कुवेर सापकोटाबाट स्कूले झोला, दीपक देउजाबाट जुत्ता, हेमकुमारी बञ्जाराबाट मोजा लगायतका सामानहरु बालबालिकाहरुलाई वितरण गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्षको उपस्थितिमा शिक्षक राजन तामाङबाट कार्यक्रमको सञ्चालन भएको थियो भने विद्यालयका प्रअ कल्याणी बोहोराबाट सहयोगी हातहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै किसिमका सहयोगका अपेक्षा सहित थापा दम्पत्तिले सामाजिक रुपमा चेतनाको दियो बाल्नुभएको स्मरण गराउनुहुँदै आजको यो देखासेखी समाजले यस किसिमका अनुकरणीय कार्यबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभएको थियो ।
    कार्यक्रममा थापा दम्पत्तिको तर्फबाट रमेश थापाले पछिल्लो समय भित्रिएका पश्चिमा शैलीप्रति तिखो आलोचना व्यक्त गर्दै त्यस किसिमको संस्कारले आफ्नो मौलिकता गुम्ने भएकोले यससँग सरोकार राख्ने सम्बन्धित पक्षले गम्भीरतापूर्वक यस विषयमा चासो दिनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार