२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सार्वजनिक जग्गा लिलामको लागि बैकले निकाले सुचना, मेयरको उपस्थितिमा सर्जमिन


४२८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पाँचखाल । पानी घाट र चरणको रुपमा रहेको जग्गा व्यक्तिले झुक्याएर नापी गरेको थाहा पाएपछि विवादमा रहेको जग्गा सार्वनिकनै हुनुपर्ने माग राख्दै पाँचखाल नगरका प्रमुख महेश खरेलको उपस्थितिमा आज सर्जमिन भएको छ ।

    व्यक्तिको नाउमा पुर्जा बनेको थाहाभएपछि स्थानिएले संघर्ष समिति बनाई न्यायालयमा समेत पुगेका थिए । जिल्ला अदालत हुदै पुनरावेदन अदालत सम्म पुग्ने क्रममा पुनरावेदन अदालतले उक्त जग्गा सार्वजनिक नहुनेठहर गरेपछि स्थानिएहरुले न्याय नपाएको भन्दै मौन बसेका थिए । स्थानिय मौन बसेको मौका छोप्दै सो जग्गा आन्तरिक रुपमा किनवेच भएको हाल जानकारी प्राप्त भएको छ । धेरैतिर किनवेच भएपछि पछिल्लो समयमा सिन्धु बिकास बैकमा धितो रहेको र उक्त धितो राख्नेले कर्जा भुक्तानि नगरेपछि बैंकले लिलामीको सुचना निकालेपछि स्थानियले जानकारी पाई पुन विरोधमा उत्रिएका छन् ।

    स्थानिय समाजसेवि हरि दुलालका अनुसार सो पानी घाटको रुपमा रहेको ३२ रोपनि जग्गा सार्वजनिकै हुनुपर्ने माग राख्दै १० बर्षे जनयुद्ध कालमा जनअदालतमा समेत उजुरी गरिएको थियो । जनअदालतमा उजुरी परेपछि छनविन गर्दै सो जग्गा पानी घाटनै भएको ठहर गर्दै सार्वजनिक जग्गाको रुपमा माओवादी पार्टीले झण्डा फहराएको थियो ।

    हाल पाँचखाल नगरपालिका बडा नं ३ र ४ को सिमाना (काफ्लेडिही) मा रहेको ३२ रोपनि जमित नापिहुनु भन्दा अगाडी देखिनै स्थानियले पानी घाट साथै चरणको रुपमा प्रयोग गर्दै आएका थिए । झुक्याएर व्यक्तिले नापी गरेको विरोधमा लामो समएदेखि उत्रिएका स्थानियलाई जानकारी नै नदिई किनवेच हुदै बैंकमा रहेको र लिलामको सुचना जारी भएपछि आज (शुक्रबार) पाँचखाल नगरका प्रमुख महेश खरेलको उपस्थितिमा सर्जमिन भई सो जग्गा सार्वननिकनै भएको स्थानियले बताएका छन् ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार