२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सवारी दुर्घटना हुदा ७ को मृत्यु , १५ घाईते (बिवरण सहित)


६५१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • पाल्पा — पाल्पामा मलामी बोकेको बस दुर्घटनाका मृतक ७ मध्ये ५ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा भएको दुर्घटनामा हुनेहरुमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर राना, वडा नं ११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, का २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक रहेका छन् ।

    मृतकमध्ये दुई जनाको आफन्त नआइसकेकाले पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए । रुपन्देहीको बुटवल देवीनगर डिङगरनगरदेखि शव दाहसंस्कारका लागि कालीगण्डकी नदी रुरुक्षेत्रको रिडीघाट हिँडेको बस आइतबार बिहान पाल्पा–रिडी सडक खण्डको ओरालोमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसबाट तीन वटा शव बाहिर उछिट्टिएको थियो । चार वटा शव भने बसले थिचेको अवस्थामा डोजरको सहायतामा निकालिएको छ ।

    तीव्र गतिमा गुडेको लु १ ख ७२७९ नम्बरको बस ओरालो सडकमा आइतबार बिहान साढे १० बजे दुर्घटना भएको घाइते यात्रुले बताए । घाइते कृष्णबहादुर नेपालीले सडक ओरालो र शीतले गर्दा चिप्लो साथै घुम्तीसमेत रहेकाले दुर्घटना भएको उनको भनाइ छ । १५ घाइतेमध्ये ९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका वीरबहादुर टमाटाको शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो । दुर्घटनामा घाइतेका अनुसार बसमा करिब ३५ जना मलामी चढेका थिए । अन्य मलामीको अवस्था भने सामान्य छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार