काभ्रे (धुलिखेल) – मोटरसाइकल चोरी मुद्दामा फरार रहेका काभ्रे जिल्लाको तेमाल गाउँपालिका ७का ३१ वर्षीय रोहित नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । रोहितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पौष १८ गते पक्राउ गरेको हो ।
मोटरसाइकल चोरी मुद्दामा फरार रहेको रोहितलाई खोजतलास गर्ने क्रममा तेमाल गाउँपालिका वडा नं ७बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार उनलाई मोटरसाइकल चोरी मुद्दामा उच्च अदालत पाटनले १ महिना कैद र ७० हजार रुपैँया जरिवना सजायको फैसला गरेको थियो । पक्राउ परेका रोहितलाई कैद तथा जरिवना बेरुजु फर्छौटको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेल पेश गरिएको सूचना अधिकारी खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस