काभ्रे,पाँचखाल । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ भाईरसको को रोकथाम तथा व्यवस्थापनको लागि लभग्रीन नेपाल नामक संस्थाले पाँचखाल नगर स्वास्थ्य शाखाका साथै १३ वटै वडामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
पाँचखाल नगरको स्वास्थ्य शाखालाई लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवाली, लवग्रीन नेपालका कार्य समिति सदस्य द्वय केशव अर्याल र शिव कुमार बस्नेतको उपस्थितिमा ७ लाख २ हजार ५ सय ४७ रुपैंयाको सामाग्री हस्तान्तरण गरिएको थियो ।
नगरको स्वास्थ्य शाखालाई सामाग्री हस्तान्तरण पश्चात वडा कार्यालयहरुमा लवग्रीन नेपालका प्रतिनिधिहरु पुगेर सामाग्री हस्तान्तरण गर्ने क्रम जारी छ । विगत ३० बर्षदेखि पाँचखालको हितको लागि हरेक प्रकारको कार्यहरु गर्दै आएको लवग्रीन नेपालले पाँचखाल नगरवासीहरुलाई कोरोना भाईरसवाट जोगाउनको लागि सामाग्री हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस