काभ्रे । काभ्रेमा गुणडागदी गर्दै सर्वसाधारण तथा व्यवसायीहरुलाई दुख दिनेहरुलाई प्रहरीले पक्राउ गरी आवस्यक कारबाही प्रकृया अगाडी बढाएको छ ।
जिल्लाको विभिन्न स्थानमा संचालित विभिन्न उद्योगी व्यबसायीहरु, होटल व्यवसायीहरुबाट प्राप्त गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएका प्रहरी अधिकृत टोलीले पक्राउगरी कारवाही प्रकृया अगाडी बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं. ०५ चौकोट बस्ने वर्ष ३२ को ज्वाला भन्ने कृष्णराम महत र काभ्रे जिल्ला खानिखोला गाउँपालिका वडा नं.७ बस्ने बर्ष २८को मम भन्ने दिनेश गोलेलाई पक्राउ गरीएको छ ।
अभियुक्त द्वयले पनौती, धुलिखेल, बनेपा लगाएतका स्थानहरुमा संचालित बिभिन्न उद्योगी व्यवसायीहरुलाई गुण्डा गर्दी शैलिमा धम्क्याउने,कुटपिट गर्ने लगायतका कार्यहरुमा संलग्न रहेको प्रहरीले जनाएको छ । अभियुक्त द्वयलाई मुलुकी अपराध संहिता,२०७४“ को परिच्छेद ५ कोसार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस