काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
दाहालले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहको स्वकीय सचिव रमेश मल्लले बताए ।सचिवालयले केही दिनयता दाहालको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ । डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको पनि दाहालको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस