२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रे सिडियोको जिम्मेवारी पाण्डेलाई


२३८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २४, शनिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं । गृहमन्त्रालयले आधा दर्जन प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई काभ्रे जिल्लाको जिम्मेवारी दिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई धनुषाका पठाउँदा काभ्रेका शिवराम पोखरेल मन्त्रालय तानिएका छन् । त्यसैगरी सल्यानका प्रजिअ लक्ष्मीदेवी होमागाई मन्त्रालय सरुवा गरिएको छ । उनको ठाउँमा विपिन आचार्यलाई पठाइएको छ ।

    यस्तै कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य मन्त्रालयमा तानिएको छ । भने, उपसचिव रामहरि शर्मा कालिकोटको प्रजिअ बनेका छन् । सहसचिव सुमन घिमिरेलाई नवलपरासी (पूर्व) जिम्मेवारी दिइएको छ । बुधवार मात्रै मन्त्रालयले १४ जिल्लाका प्रजिअ र सहायक प्रजिअ हेरफेर गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार