२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

खोप कार्ड हराएमा नयाँ बनाउन सकिने


२६६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २६, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पछिल्लो समएमा कोरोना संक्रमण दिनपर दिन वढ्न थालेपछि सो समस्याबाट मुक्तिको लागि (संक्रमण फैलिन नदिन) कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले विभिन्न उपाएहरु अपनाउने तयारीमा रहेको छ ।

    संक्रमणलाई नियन्त्रण गर्नको लागि साथै सर्वसाधारण नेपाली जनताहरु मारमा नपरुन भन्ने उद्देस्यले सार्वजनिक स्थानहरुमा अनावस्यक रुपमा भिडभाड हुन नदिने, शैक्षिक संस्थाहरु बन्द गर्ने, धेरै भिडभाड हुने स्थानहरु (सिनेमाहल, पार्टीप्यालेस) भिड हुन नदिने, मालपोत, जिल्ला प्रशासन कार्यालय लगाएतको स्थानहरुमा भिडलाई नियन्त्रण गर्ने गरी व्यवस्थापन गर्ने तयारी गरेको छ ।

    त्यसैगरी सार्वजनिक ठाउँमा अति आवस्यकीय कार्यको लागी नगै नहुने अवस्थामा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय समेत गरेको छ । तर एक बर्ष अगाडी खोप लगाई सकेकाहरुले सो खोप कार्ड सुरक्षीत नराखेकोपनि हुन सक्ने भएकोले कसैसंग खोप कार्ड नभएको अवस्थामा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयमा रहेको अभिलेखको आधारमा नयाँ खोपकार्ड बनाउन मिल्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले नवसंकेत अनलाईनलाई जानकारी गराउनु भयो ।

    सुचना अधिकृत गौतमका अनुसार कोरोना खोप लगाएको कार्ड हराएको छ भने जुन जिल्लामा खोप लगाएको हो, सोही जिल्लाको स्वास्थ्य कार्यालयमा गएर कोरोना खोप कार्ड बनाउन सकिने व्यवस्था गरेको छ । यदि कसैसंग कार्ड हराएको छ तर फोटो छ भने सोही फोटोलाई मान्यता दिने व्यवस्था रहेको गौतमले बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार