२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

अस्ट्रेलियामा दुई सातामा १० लाख जनामा कोरोना पुष्टि


२११३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ३०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ– अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । विहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो ।

    संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन् । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ ।

    अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् । ओमिक्रोन वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार