२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

माघ ११ बाट बिद्यालय संञ्चालन गर्ने निर्णय


२४०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ २, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पाँचखाल । कोरोनाको संक्रमण बढेको भन्दै सरकारले माघ १५ गतेसम्म बिद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि माघ ११ गतेबाट पाँचखालमा विद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको छ ।

    आज (आईतबार) पाँचखाल नगरमा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रधानाध्यापकहरुको भेलाले माघ ११ गतेबाट विदालय संञ्चालन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    पाँचखाल नगरका प्रमुख महेश खरेल, शिक्षा शाखा प्रमुख दिनानाथ पन्थि, शिक्षा शाखा अधिकृत उदय कोईराला, स्रोत व्यक्ति नारायण कुमार राई र धनवहादुर बस्नेत साथै पाँचखालमा रहेका सम्पुर्ण बिद्यालयहरुका प्रधानाध्यापकहरुको उपस्थितिमा भएको बैठकले बिदालय संञ्चालन गर्ने निर्याए गरेको थियोे ।

    बैठकले विद्यार्थीहरुको भविस्यलाई मध्यनजर राख्दै शैक्षिक गुणस्तर खस्कन नदिन स्वास्थ्य मापदण्ड काएम राख्दै सामाजिक दुरी निर्धारण गरी पठन पाठनलाई निरन्तरता दिने भएको छ । पाँचखाल नगरले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यार्थी तथा अभिभावकहरु हर्सित भएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार