२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

खोप अभियायानका लागि चार दिन विद्यालय खोल्ने


२१८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ ५, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ – सरकारले खोप अभियानलाई प्रभावकारी बनाउन मघ १६ गतेदेखि चार दिनसम्म विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोनाको तेस्रो लहरको संक्रमण फैलिएप िछ बन्द भएका विद्यालय खोप अभियानका लागि खोल्ने निर्णय सरकारले गरेको हो ।

    मंगलबार गृह मन्त्रालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) बैठकले खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो । चार दिनमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड १९ विरुद्ध खोप लगाइनेछ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको सीसीएमसीसी) बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकमा गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालगायत उपस्थित थिए। नेपालमा मंगलबार मात्र १० हजार बढीमा संक्रमण पुष्टि भएको छ । यो संक्रमण अहिलेसम्मकै उच्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार