२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नमोबुद्धका एमाले, कांग्रस पार्टी परितयाग गरी माओवादीमा प्रवेश—नामावली सहित


२८१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ ८, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. २ का काँग्रेस–एमालेका कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र नमोबुद्धले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश भएका हुन् ।

    यसरी काँग्रेस एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश भएकाहरुमा कान्छा परियार, दिपक गतराज, कुमार तामाङ, शिव परियार। केशव परियार, टेकबहादुर तामाङ, सन्तोष परियार, सम्झना भुजेल, जितमान तामाङ, विष्णुबहादुर तामाङ, सरोज घतानी, जयराम धतानी, बलराम घतानी, प्रेम घतानी, चेतराम परियार, जेठा तामाङ, राजकुमारी तामाङ, सिंहबहादुर तामाङ, कुमाल विक, नवराज परियार, बलराम परियार, श्यामबहादुर तामाङ, सुनबहादुर दोङ, जनक बहादुर दोङ, मनविर मिजार लगायतका रहेका छन् ।

    नवप्रवेशीहरुलाई माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका अध्यक्ष मिन्डु लामाले स्वागत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका अध्यक्ष लामाले एमाले काँग्रेसले मुुलुकको हितमा कहिल्यै काम नगरेकोले आम युवा तथा जनसमुदाय माओवादी केन्द्रमा संगठीत हुनुपर्नेमा जोड दिए । दलित तथा आदिवासी जनजातिको मुक्ति र अधिकारको लागि माओवादीले मात्र लडेको बताउँदै माओवादी रोज्ने सबैलाई पार्टीले उचिव जिम्मेवारी दिने बताए ।

    कार्यक्रममा नगर उपाध्यक्ष तथा वडा नं. ७ का जननिर्वाचित वडा अध्यक्ष धर्मसिं लामा, पार्टीका पूर्व नगर अध्यक्ष रत्न लामा, नगर कमिटी उपाध्यक्ष नवराज अधिकारी, नगर सचिव ज्ञानेन्द्र देवकोटा, नगर सचिवालय सदस्य धावा लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सभापतित्व २ नं. ववडा कमिटी अध्यक्ष रामजी घतानीले गरेका थिए भने सञ्चालन वडा कमिटी सदस्य अनिल लामाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार