२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखाल जेसीजको बिभुषण खरेललाई, सुन्दर अधिकारीद्धारा पदभार ग्रहण


३५०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • पाँचखाल । पाँचखाल जेसिजको प्रथम पदस्थापना कार्यक्रममा पाँचखाल जेसीज विभुषणबाट पाँचखाल नगरका नगरप्रमुख महेश खरेललाई र मानार्थ सदस्यमा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेललाई प्रदान गरिएको थियो ।

    पदस्थापना कार्यक्रममा संस्थापक अध्यक्ष चिरञ्जीवी आचार्य (दिलिप)ले बर्ष २२ का अध्यक्ष सुन्दर अधिकारीलाई शपथ तथा अध्यक्षीय चेन हस्तान्तरण गर्नुभएको थियो । बर्ष २२ को लागि अध्यक्षमा सुन्दर अधिकारी, कार्यकारीणी उपाध्यक्षमा यादव सापकोटा र मनोज थापा, महासचिवमा सुनिल लुईटेल, कानुनी सल्लाहकारमा राजाराम पौडेल, कोषाध्यक्षमा लक्ष्मी दनुवार, उपाध्यक्षहरुमा पवन गौतम, रमेश भुर्तेल, मकर खत्री, सहकोषाध्यक्षमा सविता दाहाल, सहसचिवमा सरिता अधिकारी, पब्लिक रिलेशनमा सुन्दर लामा, शाखा सम्पादकमा मनोज बजगाई, तालीम संयोजकमा निराजन लुईटेल, स्वास्थ्य संयोजकमा रुकमणी बजगाई, खेलकुद संयोजकमा बरुण ढुंगाना लगायत चयन हुनुभएको छ ।

    कार्यक्रममा पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले राजनीति भित्रको विकृतिलाई हटाउनको लागि राजनीतिमा सक्षम र अध्ययनशिल युवाहरुको आकर्षण बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेश पौडेल, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल, उपाध्यक्ष जीवन श्रेष्ठ, नेपाल जेसीजका पूर्व महासचिव विकास मानन्धर, पूर्व उपाध्यक्ष मञ्जु ठकुरी, पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवार, भकुण्डेबेशी जेसीजका अध्यक्ष सुदर्शन चिमौरिया, भकुण्डेबेशी जेसीजका पूर्व अध्यक्षहरु कपिल कोईराला र श्रीकृष्ण अधिकारी, पाँचखाल जेसीजका संस्थापक अध्यक्ष चिरञ्जीवी आचार्य (दिलिप), बर्ष २०२२ का अध्यक्ष सुन्दर अधिकारी, पाँचखाल जेसीजका महासचिवद्धय राजाराम पौडेल र सुनिल लुईटेल लगायतले जेसीजले सामाजिक कार्यको mागि खेलेको भुमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार