२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोना खोप लगाएको केही मिनेटमै५३ वर्षीय डगौराको मृत्युु


२३३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ९ माघ, धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्युु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

    ‘दिउँसो करीब दुई बजेतिर उहाँ(मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुुभएको थियो,’ वडाध्यक्ष भिखराम चौधरीले भने, ‘तर १५/२० मिनेटमै बाटोमै उहाँको मृत्युु भएको खबर आयो । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।’

    वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युुको कारण भने खुल्न नसकेको उनले बताए । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुूरीमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार