२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रे मालपोतले दिने सेवा स्थगित


२१२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,धुलिखेल । विश्वमा महामारीको फैलिएको कोरोनाले काभ्रे मालपोतका कर्मचारीहरु पनि अछ्तो हुन सकेनन् । जसले गर्दा मालपोत कार्यालयले एक सुचना जारी गर्दै कार्यालयले दिदै आएको सेवा स्थगित गरेको छ ।

    कायालयले जारी गरिएको सुचनामा उल्लेख भएको छ—कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण भएकोले आ—आफ्नै घरमा होम आईसोलेसनमा रहेको र अन्य कर्मचारीहरुमा समेत मिल्दोजुल्दो लक्षण देखा परेकोले कार्यालयले प्रदान गर्दै आएको सेवा माघ १० गते देखि १४ गते सम्मको लागि स्थगित गरेको छ ।

    मालपोत कार्यालय धेरै भिडभाड हुने कार्यालयको रुपमा चिनिन्नछ, जसका कारणसंक्रमण फैलने भएले गर्दा कार्यालय बन्द गरिएको जानकारी प्राप्त भएको छ । माघ १४ गते पछिको अवस्थालाई मध्यनजर राख्दै कार्यालय संञ्चालनमा सुरक्षीत अवस्था अपनाउने कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार