२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

राजमार्गका होटलहरुबाट मदिरा नियन्त्रण


२६८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ १०, सोमबार मा प्रकाशित २ साल अघि
  • धुलिखेल । काभ्रे जिल्ला प्रहरी प्रमुखमा नयाँ नेतृत्वको आगमनसंगै प्रहरीले सकृय ढंगबाट कार्यको सुरुवाती गरेकोछ ।
    जिल्लामा शान्तिसुरक्षाको अवस्थालाई सहज वनाउने कार्यको लागि बिभिन्न ढंगको योजनाहरु बनाई मातहतका प्रहरी परिचालन गर्ने कार्य भएको छ ।

    प्रहरीले कानुनले निषेध गरेको कार्य गर्ने गराउनेलाई लक्षीत गर्दै अगाडी बढ्ने क्रममा अरनिको र वि.पि राजमार्ग र आसपासमा हुने बिभिन्न गतिबिधिलाई नियालेको छ । जस अन्तरगत राजमार्गमा संञ्चालन हुने बिभिन्न सवारीसाधनहरुको अवस्था राजमार्ग आसपासमा सञ्चालित होटल व्यवसायीहरुले गर्ने कार्यहरुलाई नियालेको छ ।

    सोहि अन्तरगत उक्त दुई राजमार्ग आसपासमा सञ्चालन भएको होटलहरुमा गैह्र कानुनि ढंगबाट मदिरा बिक्रि वितरणलाई रोक लगाउने कार्यके सुरुवात गरेको छ । अरनिको र बि.पि. राजमार्ग आसपासका होटल पसलहरुमा रात्रीकालिन व्यापारीहरुले बिक्री बितरणको लागि राखिएको घरेलु मदिरा ५२५ लिटर नियन्त्रणमा लिई कानुनि प्रकृया पुरा गरी सुरक्षित स्थानमा नष्ट गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार