आइ.आर.के.मैनाली
काभ्रे । काभ्रे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एस.पी) चक्रराज जोशी समेतको टोलीले कोसीपारी रहेको प्रहरी कार्यालयहरुको अनुगमन गर्नुभएको छ ।
पुस महिनाको अन्तिम हप्तामा काभ्रेको जिम्मेवारी सम्हाल्न आउनु भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले छाटै समएमा झण्डै पुरै जिल्ला भ्रमण गरिसक्नु भएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख जोशीको काभ्रे आगमन भएको १० दिनमै शान्तिसुरक्षालाई मजवुत पार्ने कार्यको थालनि भएको छ ।
प्र.जि.अ पाण्डे र प्रहरी प्रमुख जोशीको समन्वयमा शान्ति सुरक्षाको लागि भएको कार्यले जिल्लावासि हर्षित भएका छन् । पछिल्लो १० दिनमै अदालतको फैसला कार्यान्वयनकोलागि निकै पहल गरी लामो समयदेखी लुकिछिपि रहेका व्यक्तिहरुलाई पक्राउगरी कानुनि दायरामा ल्याउने, कानुनले बर्चित गरेको कार्य गर्ने गराउने होटल व्यवसायीहरु, औषधि पसलहरु, गाँजा नियन्त्रण, घरेलु मदिरा नियन्त्रण,कोरोना महामारीलाई फैलन नदिने कार्यमा सजगता लगाएतका बिषयमा चनाखो ढंगबाट अगाडी बढ्ने कार्य भएको छ ।
मातहतका प्रहरी कार्यालयहरुमा रहेका प्रहरीहरुले प्रहरीको दायित्व साथै जिम्मेवारीको बिषयमा सचेत रहंदै कार्य गर्ने गराउने बिषयलाई प्राथमिकता दिदै अगाडी बढ्न हौसला प्रदान गर्न मातहतमा रहेको कार्यालयका प्रहरीहरुसंगको भेटघाटले प्रहरीमा हौसला मिलेको छ । कार्यालय प्रमुखको निर्देशनले गर्दा दवावको भरमा कार्य गर्नु नपर्ने कानुनले दिएको मार्ग पहिल्याउने वातावरण मिलेको प्रहरीहरुको भनाई छ । गल्ती गर्नेलाई कारवाही गर्ने निर्देशनले कुनै आर्थिक प्रलोभनमा पर्ने अवस्थाको अन्त्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको मातहतमा रहेका दोलालघाट देखी कोसीपारी रहेको प्रहरी ईकाइहरुको अवलोकन गरी प्रहरीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । प्रहरी ईकाइहरु ईलाका प्रहरी कार्यालय कात्तिकेदेउराली, प्रहरी चौकी दोलालघाट, सल्ले भुम्लु, चौवास, ढाडखर्क भञ्ज्याङ र फलाटे स्थलगत निरीक्षण गरिएको थियो ।
उक्त अनुगमन निरीक्षण कार्यक्रममा प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भयावह अवस्थामा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन निर्देशन दिईएको थियो । ग्रामीण भेगमा लुकेका अपराधहरु लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउन कार्यमा निरन्तर रुपमा लाग्न निर्देशन दिईएको थियो ।
प्रहरी कार्यालयमा व्यापक सफाई साथै आफु स्वस्थ रहने आफ्नो कार्यक्षेत्रका जनमानसलाई स्वस्थ रहन पे्ररित गर्ने, अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्ने, प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने भनि निर्देशन दिईएको थियो ।
जिल्ला प्रमुखहरुले जिल्लाको नेतृत्व सम्हाल्दै गर्दा छोटो समयमा जिल्ला भरीको अवस्थाको बारेमा अनुगमन गरेको सायद पहिलो होला । १० दिनको अवधिमा दुवै कार्यालयका नेतृत्वले संयुक्तरुपमा अवलोकन भ्रमण गर्नुले सकारात्मक संदेश दिएको छ । यस्तो सकारात्मक संदेशलाई निरन्तरता दिने बिषय चुनौती छ । भ्रमणको क्रममा जे जति कमजोरी भेटीयो सो समाधान हुन नसके निरर्थक हुन्छ । कार्यालय प्रमुख द्वयलाई भ्रमणको क्रममा मात्रै नभएर कार्यालय कक्षमा आएरै बधाई दिनु स्वभाबिकै हो तर खल्तिमा खादा बोकेर दौडेर भेट्न आउनु त्यति राम्रो कार्य होईन । त्यसरी खादा बोकेर कार्यालयमै आएर पहिर्याउनुको पछाडी कुनै रहस्य हुन सक्छ भन्ने बिषयमा चनाखो हुन जरुरी रहन्छ ।
प्रतिक्रिया दिनुहोस