२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रेमा ३ हजार ५ सय लीटर मदिरा नष्ट


२३०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेले कानुनले निषेध गरेको कार्य गर्ने गराउनेलाई लक्षित गर्दै अगाडी बढ्ने क्रममा अरनिको आसपास र भित्री एरियामा हुने विभिन्न गतिविधिलाई नियालेको छ । सोहि अन्तरगत उक्त आसपासमा सञ्चालन भएको होटलहरुमा गैर कानुनी ढंगबाट मदिरा बिक्रि वितरणलाई रोक लगाउने कार्यको सुरुवात गरेको छ ।

    इलाका प्रहरी कार्यालय बनेपाले अवैध घरेलु मदिरा नियन्त्रणका लागि माघ १२ र १३ गते राजमार्ग आसपास भित्री एरियामाका होटल तथा पसलहरुमा चेकजाँच गर्ने क्रममा व्यापारीहरुले अवैध घरेलु मदिरा बेच्नुको साथै आफ्नो छाप्रो पसल नजिक टहरोमा लुकाइ राखेको अवस्थामा मदिरा फेला पारेको थियो । इप्रका बनेपा को टोलीले राजमार्ग आसपास भित्री एरियामाका होटल तथा पसलहरुबाट ३५ सय लिटर बराबरको अवैध घरेलु मदिरा बरामद गरेको कार्यालयका प्रमुख राजन कोइरालाले जानकारी दिए ।

    उनका अनुसार प्रहरीले बरामद गरेको उक्त मदिरा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्र राज जोशी, बनेपा नगरपालिका वडा नं ८ र ९ का वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यबाहक अध्यक्ष बिनोद न्यौपाने, सचिव कपिल कोइराला, सदस्य देवराज के.सी, सुरज श्रेष्ठ , स्थानीय प्रहरी लगायतको रहोबरमा आज कानुनी प्रक्रिया पूरा गरी सुरक्षित स्थानमा नष्ट गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार