२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पाँचखालमा अर्को गाैरब काे याेजना खानेपानी आयोजना निर्माण गर्न सम्झौता


२९७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • सुशील राज गिरी

    काभ्रेपलाञ्चोक / पाँचखाल नगरकाे गाैरब काे आयाेजना पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना निर्माण गर्ने सम्झौता माघ १४ गते शुक्रबार बनेपा मा एक कार्यक्रम राखी गरिएको छ ।

    खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो ।

    पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा सम्झौता गरिएको छ । खानेपानी आयोजनाअन्तर्गत ‘एक घर–एक धारा’ बितरण हुनेछ । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्धारित समयमै आयोजना सम्पन्न हुनेगरी प्रक्रिया थालिएको बताउनुभयो ।

    खानेपानी आयोजना आर्थिक वर्ष २०८१÷०८२ भित्र सम्पन्न हुने जनाइएको छ । पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका पाँच हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ । सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ । यस आयोजनाअन्र्तगत ३१ किलोमिटर पाइप लाइन बिस्तार गर्नुपर्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार