काठमाडौ, । मानिस अप्ठेरोमा परेको बेलामा मानिसले नै सहयोग गर्नुपर्छ । चाहे उ परिचित वा अपरिचित जो पनि हुनसक्छ । तर अहिले मानिसको मनवाट मानवता हराइरहेको छ ।
दुर्घटनामा निधन भएका ब्यक्तिको नगद र सुन पनि चोरी भएको छ । इलामको रोङ गाउँपालिका-४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको पैसा र सुन चोरी भएको हो । प्रहरी दुर्घटनाको अनुसन्धान गर्दै चोरी गर्ने मानिसको पनि खोजीमा छ ।
दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापा करिब ४ लाख रुपैया र आधा तोलाको औंठी चोरी भएको हो । उनका आफन्तले पैसा र सुन हराएको बताएका छन् । उनीहरुका भाइ मनोजकुमार थापाले प्रहरीलाई त्यसवारे जानकारी दिएपछि प्रहरी अनुसन्धानमा जुटेको छ ।
इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्ने थापा दाजुभाइले दुर्घटनामा निधन भएको थियो । उनीहरु बाख्रा किन्न पैसा लिएर जाँदै गरेको अवस्थामा दुर्घटनामा परेका हुन् । दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए
आफुहरु दुर्घटनावारे खबर पाएर जाँदा प्रहरी उद्दारमा लागिसकेको आफुहरुले देखेको र त्यतीबेला सुन र पैसा नभएको भाईले बताएका छन् । उनका अनुसार थापा दाजुभाइ १२ माघमा बिहान ४ बजे खसी किन्न इलामतिर गएका थिए । परिवारले त्यसको साढे एक घण्टा पछि जानकारी पाएका थिए । अर्का छिमेकी अर्जुन कार्कीले पनि प्रहरीलाई यस विषयमा जानकारी गराएको बताए ।
जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले पी डितले दिएको सूचनाको आधारमा हराएको भनिएको नगद र सुनको खोजी भइरहेको बताएका छन् । उनका अनुसार प्रहरी घटनास्थल पुग्दा स्थानिय जम्मा भइसकेको र निकै भिड रहेको बताए ।
प्रतिक्रिया दिनुहोस