२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रे सिडियोले दिए प्रहरीलाई ७ निर्देशन


२७७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा पुगेर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रेका प्रहरी ईकाइहरुलाई विभिन्न निर्देशन दिएका छन् । स्थलगत निरिक्षण अभियानमा रहेको पाण्डेले आइतबार गाउँपालिकामा रहेको प्रहरी चौकीमा पुगेर उक्त निर्देशन दिएका हुन् ।

    पाण्डेले दिए यी निर्देशन

    १. विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९को यस बिषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्ने ।

    २. ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउने ।

    ३. प्रहरी बस्ने ईकाइ र प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम आफु स्वस्थ रहने अनि आफ्नो कार्यक्षेत्रका जनमानसलाई स्वस्थ रहन प्ररित गर्ने ।

    ४. अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने ।

    ५. राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रवाह गर्ने ।

    ६. प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने ।

    ७. अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने ।

    स्थलगत निरिक्षण् अभियानमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशी लगायत पुगेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार