काभ्रे । काभ्रे र आसपासको जिल्लाको व्यापारीक केन्द्र मानिने बनेपा बजारमा चोरीको विगविगि भएको छ ।
विगत २ बर्ष अगाडी बनेपामा यस्तै चोरीको विगविगिले गर्दा स्थानिएहरु त्रसित थिए । सो समएमा इलाका प्रहरी कार्यालय बनेपाको नेतृत्वमा आउनु भएका इनिक्सपेक्टर तिमल्सिनाले चोरीलाई निर्मुल पार्न सफल हुनुभएको थियो ।
बनेपाको चोक चोकमा सिसि क्यामारा जडित छन् तरपनि चोरीको बिगविगि बडेको स्थानिएहरुको गुनासो रहेको छ । काभ्रे जिल्ला प्रहरीको नेतृत्व फेरीएसंगै जिल्लाको बिभिन्न स्थानमा अनुगमन गरी प्रहरीहरुलाई सकृय गरायने प्रयास गरेको समएमै बनेपामा चोरीको विगविगि हुनुले प्रहरीको सकृयतालाई गिज्याएका छन् पेसेवरले ।
बनेपामा भएको चोरीको विगविगिको बारेमा समाजसेवी महेश कर्माचार्यले सामाजिक सञ्जालमा लेखनुभएको छ—सिसि क्यामेरा भएको स्थानमा चोरी गर्ने चोरहरु पेसेवर हुनसक्ने उल्लेख गर्नुभएको छ । उहांले लेखनुभएको छ—संकास्पद गतिबिधि देखिएमा प्रहरीलाई गोप्य सुचना दिई धनमालको सुरक्षा गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस