काभ्रे । बिभन्न अभियोगमा अदालतबाट दोषी ठहर भई फरार भएका तीन काभ्रेलीलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका व्यक्तिहरुकोे खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी एवं विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई प्राथमिकता दिदै अगाडी बढेको जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउगरी अदालत बुझाएको छ ।
प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा रोशी गाउँपालिका वडा नं. ११, बस्ने सन्तोष भन्ने सन्त बहादुर रुचाल मगर, ( लागु औषध,अभियोग, १ वर्ष ९ महिना ६ दिन कैद र रु. १,००,०००।– जरिवाना) । काभ्रे धुलिखेल नगरपालिका वडा नं २ रबिओपी बस्ने मिलन भन्ने दिल बहादुर तामाङ, ( चोरी र सार्वजनिक अपराध, २ महिना ११ दिन कैद र रु. १,०००। जरिवाना) । काभ्रे धुलिखेल नगरपालिका वडा नं. ०६ चोच्छेटोल बस्ने सुमन कर्मचार्य, ( जालसाजी अभियोग, १०,०००।– जरिवाना) ।
प्रतिक्रिया दिनुहोस