२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नक्कली पीसीआर तयार गर्ने काभ्रेली सहित चारलाई प्रहरीले झ्याप


२६७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँको तीनकुनेमा सञ्चालित कान्तिपुर अस्पताल र भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालको ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको थाहा भएको छ । कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट ‘नक्कली’ बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ५ घर भई हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी बस्ने २९ बर्षीय माधव मैनाली, धनुषा जिल्ला बिदेह नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ बर्षीय रोसन कुमार छिट्टान रहेका छन् ।

    त्यस्तै धनुषा छिरेश्वर नगरपालिका वडा नम्बर १ घर भई हाल गौशाला बस्ने २५ बर्षीय को नागेन्द्र यादव र सर्लाही जिल्ला बलरा नगरपालिका वडा नम्बर ७ घर भई हाल भक्तपुरको कौशलटार बस्ने २४ बर्षीय नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा रहेका छन् ।

    भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाईदिने गरेको भन्ने सूचनाको आधारमा पुगेको महानगरीय अपराध महाशाखाको टोली प क्राउ गरेको हो ।

    प्र हरीले नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट प क्राउ गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार