२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

रूखले किच्दा दुई बालबालिकाको मृत्यु


२४१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २१ माघ, जनकपुर । हावाहुरीले रूख ढल्दा शुक्रबार धनुषामा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको मसालाको रूख ढलेर किच्दा दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा सात वर्षीय बालक अरबिन्द सदा र आठ वर्षीया प्रतिमाकुमारी सदा रहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरू विद्यालयमा खेलिरहँदा एक्कासी रूख ढलेको थियो । ढलेको रूखले टाउकोमा चोट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार