२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मा खावा प्रहरीले सवारी चालक लाई


५४९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ २५, मंगलबार मा प्रकाशित २ साल अघि
  •   सुशील राज गिरी काभ्रे-

    काभ्रे पाँचखाल नगरपालिका वडा नं.५ मा रहेको खावा प्रहरी चाैकिले जिल्ला प्रहरी कार्यलयकाे नियमित कार्यक्रम अन्तरगत आईतवार स्थानीय ब्यापारी,बुद्धिजीवी,शिक्षक र केही स्थानीय ब्यक्तिहरु ,सवारी चालक ,सहचालक सहितकाे उपस्थितिमा माक्र्स बितरण गरि प्रहरीकाे समुदाय हुनु पर्ने भुमिकाकाे राय लिने ,सान्ती सुरक्षाको लागि स्थानीयले गर्नु पर्ने भुमिका , सरुवा राेग बढिरहेको अबस्थामा सबैले माक्र्स अनिवार्य लगाउन अनुराेध सहित छलफलकाे कार्यक्रम गरेको छ।छलफलमा हाल बढी रहेको संक्रमण राेग नियन्त्रणकाे लागि सबै स्थानीय ब्यापारी,बुद्धिजीवी,शिक्षक र केही स्थानीय ब्यक्तिहरु ,सवारी चालक ,सहचालकले अनिवार्य माक्र्स लगादिन प्रहरी सहायक निरिक्षक बिमल श्रेष्ठले अनुराेध गर्नु भएको थियोे भने प्रहरी हवल्दार लाेकनाथ सापकोटा प्रहरी जवान दिवास हमाल ले सवारी चालक तथा उपस्थित जनसमुदाय लाई माक्र्स बितरण गर्नु भएको थियोे ।

    कार्यक्रम उपस्थित मानिस भएका मानिस र सबारि चालक लाई सम्झाउने, माक्र्स बितरण गर्ने ,मापसे गरेर गाडी नचाउन अनुराेध,सिट क्षमता भन्दा बढी यात्रा नबाेक्न र सबै यात्रुले माक्र्स खाेप कार्ड बाेकि हिड्न प्रहरी सहायक निरिक्षक बिमल श्रेष्ठ,प्रहरी हवल्दार लाेकनाथ सापकोटा ,प्रहरी जवान दिवास हमाल ले सबैलाई अनुराेध गर्नुभएकाे थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार