काभ्रे,पाँचखाल । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफु बाँचिन्जेल पाँचखाल नगरको मेयरको रुपमा भूमिका निर्वा गरी रहने बताउनु भयो ।
आज शुक्रबार सम्पन्न दशौं नगरसभामा सम्बोधन गर्दै मेयर खरेलले उक्त धारणा राख्नुभएको हो । मेयर खरेलले भन्नुभयो “पाँचखाल नगरपालिका भएपछिको म पहिलो मेयर हुं, म जाँहा जुन ठाउमा रहेपनि म संस्थापक मेयरको नाताले म बाँचिउन्जेल मेयरको भुमिका निर्वाह गरी रहन्छु ।” अमेरीकाले मलाई पैसा दियो तर मेरो पहिचान दिन सकेन, पाँचखालले मलाई पहिचान दियो त्यसैले पाँचखालको हितको लागि निरन्तर रुपमा लागि रहने छु ।
कार्यक्रममा मेयर खरेलले भन्नुभयो—म पाँचखालमा लिन आएको हैन, केहि दिन सक्छुकि भनेर आएको हो । त्यसैले गर्दा कर्मचारीहरुलाई अन्यत्रको जस्तो सेवा सुबिधा दिन सककिन माफ गर्नोस । महेश खरेल नेतृत्वको पाँचखाल नगरको सत्तामा भत्ताकोत कुरै नगरौं, हामीले भत्तामा कुनै खर्च गरेनौं । पाँचखालको उर्बरा भूमि धान फल्ने खेतमा अव घर बन्न नपाउने नीति तयार भएको छ । पाँचखाल नगरमा रहेका कर्मचारीले गर्दा विकास निर्माणमा ठुलो सहयोग मिलेको हो, उहाँहरुको योगदानको अविस्मरणिए भएको बताउनु भयो ।
नगरका उप—प्रमुख लक्ष्मी दनुवारले चालु आ.ब.को समग्र प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा १ सय ९ योजनाको टेन्डर भएको उल्लेख भएको थियो ।
नगरसभाको अवसरमा नगरको हितको खातिर कार्य गर्ने कर्मचारी साथै बिभिन्न संघसंस्थालाई प्रसंसा पत्रद्वारा सम्मान गरिएको थियो । जसमा सम्मानितहुनेहरुमा नगरका प्रमुख प्रसाशकिय अधिकृत शिवप्रसाद हुमेगाइ, पुर्व प्रमुख प्रसाशकिय अधिकृत भोला प्रसाद चापागाई, नगरका लेखा अधिकृत (उपसचिव) विदुर कुमार धिमाल, नगरका ईञ्जिनिएर कपिलदेभ भट्ट, स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारी र विष्णु गौतम, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका डा.अमन दत्त, सुचना शाखाका दिनेश चौहान, सह—लेखापाल मिलन कार्की, जिन्सि शाखाका प्रमुख पवन सापकोटा, शाखा अधिकृत कल्यांण प्रसाद सुवेदी, न्यायिक समितिका उषा रेग्मी र सवारी चालक रुद्र पौडेल रहनु भएको थियो ।
नगरसभामा पाँचखाल नगरका प्रबक्ता एवं पाँचखाल वडा नं ८ का वडा अध्यक्ष शंजय तमाङ, वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल,वडा नं २ का वडा सदस्य कृष्ण श्रेष्ठ लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस