२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बिदाका दिनमा संञ्चालन भएका सरकारी सवारी साधन प्रहरी कब्जामा


२६६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन १, आईतबार मा प्रकाशित २ साल अघि
  • खोटाङ– खोटाङ प्रहरीले सार्वजनिक बिदाका दिन बिना पास चलाइएका चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबारका दिन बिना पास चलाइएका विभिन्न वडा कार्यालयका तीन वटा र लोकसेवा आयोगको एक वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ वडा कार्यालयको बा२ब ९४४८ नम्बरको मोटरसाइकल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा२ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका-५ सप्तेश्वर वडा कार्यालयको को२ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३-०२-००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

    शनिबारका दिन बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।

    बिना पास चलाइएको अवस्थामा नियन्त्रणमा लिइएको सरकारी मोटरसाइकल अव उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने सर्तमा सम्बन्धित कार्यालयलाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार