२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विरुद्ध मुद्दा


२७६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन ९, सोमबार मा प्रकाशित २ साल अघि
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरीका आधारमा यादवविरुद्ध सोमबार विषेश अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

    उनका अनुसार यादवले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको छाप आफूखुसी बनाइ दुरुपयोग गरेको, पीसीआर परीक्षण नकक्ली बनाएको, बिरामीबाट अनाधिकृत रुपमा रकम लिएको खुलेको छ । यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार