२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

जबरजस्ती करणी मुद्दाका फरार काभ्रेली पक्राउ


३०४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन ११, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लामा जबरजस्ती करणी कसूरमा वारदात पश्चात फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेमा जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष ३६ को बुद्धलाल तामाङ रहेका छन् ।

    भारत देशबाट आफ्नो घरमा आई लुकीछिपी बसी रहेको प्रहरीलाई सूचना प्राप्त भएपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    तामाङलाई कानून बमोजिम पक्राउ गरी काभ्रे जिल्ला अदालतमा मंगलबार पेश गरिएकोमा अदालतको थुनछेक आदेशमा आजै पुर्पक्षका निमित्त थुनामा राख्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार