२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

६ करोड ठगीका आरोपित सहकारी सञ्चालक पक्राउ


३१७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन १२, बिहिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा सहकारीका दुई सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

    १५ जना निक्षेपकर्ताले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम हिनामिना गरेर कार्यालयमा ताला लगाएर फरार भएको जाहेरीपछि दुवैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    गत साता पक्राउ गरिएका दुवैलाई बुधबार सार्वजनिक गर्दै ब्युरोले अन्य बचतकर्तालाई उक्त सहकारीमा आफ्नो निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारबाही गर्नुपर्ने भएमा सम्पर्क गर्न अनुरोध गरेको छ । स्रोत कान्तिपुर

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार