२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कृषी सचिव शर्मा मन्त्रालय नआउदा कामकाज ठप्प काठमाडौ


२४३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित २ साल अघि
  • फागुन १५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि तर्फका सचिव डा. गोविन्द प्रसाद शर्मा नियमित नआउदा मन्त्रालयको गतिविधि सञ्चालन तथा दैनिक कामकाज ठप्प भएको छ ।

    मन्त्रालयको कामको सिलसिलामा दाङ र झापा लगायत अन्य विभिन्न जिल्लाबाट काठमाडौ आएका सेवाग्राही भन्छन्, हामि आएको एक हप्ता भयो, तर मन्त्रालयका सचिव शर्मालाई भेट्नै पाएका छैनौं । यसरि सचिव विहीन मन्त्रालय भएपछि हामि आर्थिक, मानसिक तथा शारीरिक मारमा परेको उनिहरु बताउँछन् ।

    हाम्रो काम कहिले हुने हो ? भन्दै उनिहरुले चिन्ता व्यक्त गरे । मन्त्रालयका एक सह- सचिवका अनुसार, कृषि तर्फका सचिव डा. गोविन्द प्रसाद शर्मा मन्त्रालयमा नियमित नआउदा जनताको काम प्रभावित हुनुका साथै मन्त्रालयसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम पनि ठप्प रहेको उनले जानकारी गराएका छन् । उनले भने, सचिव शर्माको टेबुलमा महत्वपूर्ण फाइलहरु समेत थन्किएको छ ।

    त्यति मात्र नभएर मन्त्रालयको आर्थिक र प्रशासनिक कामहरु समेत अगाडि बढ्न नसकेको उनले बताए । “मन्त्रालयमा सचिव छैनन्, सचिव नहुँदा धेरै महत्वपूर्ण कामहरु रोकिएको मन्त्रालयका एक अधिकृतले जनाएका छन् । उनले भने, मन्त्रालयमा प्रायः सचिव नहुँदा सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन मन्त्रालयमा अन्य मन्त्रालय, बिभाग र विभिन्न कार्यालयबाट मन्त्रालयसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम समेत रोकिएको उनले जनाएका छन् । संघीय सरकारका कृषि मन्त्रालय सचिवविहीन भएको गुनासो समेत सेवाग्राहीहरुले गर्न थालेको उनले बताए । सचिव नहुँदा तल्लो तहका कर्मचारीसमेत मन्त्रालयमा हाजिर गरी घर फर्किने गरेका छन् । मन्त्रालयमा कर्मचारी नबस्दा मन्त्रालय अहिले सुनसान देखिन्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार