नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने ” युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो” ।
जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दु:खद भएको उनको भनाइ छ । नेपालका पार्टीहरुले देशको हित बिपरित भएको कुरा पास गरेर धोका दिएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस