२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

अर्थमन्त्रि शर्मा आज काभ्रे आउदै


३३६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन १८, बुधबार मा प्रकाशित २ साल अघि
  • नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा काभ्रेको चौंरीदेउरालीमा आउने भएको छ । वडा नं. ७ मा गाउँपालिकाले निर्माण शहिद पार्क उद्घाटन गर्न आज बुधबार शर्मा चौंरीदेउराली आउने भएको हो ।

    सो वडाको मादनकुँडारीमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा विभिन्न मोर्चामा सहदात प्राप्त गरेका शहिदहरुको शालिक सहितको शहिद पार्क निर्माण सम्पन्न गरेको छ । हरेक वडामा सहदात तथा बेपत्ता पारिएका योद्धाहरुको स्मृतिमा शहिद वा बेपत्ता स्मृति पार्क निर्माण गर्ने योजना अनुसार यस वडामा शहिद पार्क निर्माण भएको थियो ।

    कार्यक्रममा अर्थमन्त्री शर्माले शहिद पार्क उद्घाटन गर्नुका साथै गाउँपालिकाले शहिद तथा बेपत्ता परिवारलाई मासिक रुपमा राहत सहयोग स्वरुप दिने रकम समेत प्रदान गरिने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । गाउँपालिकाले शहिद तथा बेपत्ता परिवारलाई मासिक २ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।

    सो पार्कमा सोही वडाका १० जना सहिदहरुको शालिक निर्माण भएको वडा अध्यक्ष बीरबल तामाङले बताए । ‘महान सहिदहरुको स्मृति र सम्मानमा पार्क निर्माण गरिएको छ ।’ वडा अध्यक्ष तामाङले भने, ‘एकातिर सहिदहरुको सम्मान हुने अर्को तिर पर्यटन विकासमा समेत यो पार्कको महत्व रहेको छ ।’

    सो पार्कको उदेघाट आज बुधबार अर्थमन्त्री शर्माले गर्नेछ । कार्यक्रमको लागि सबैवडाबाट स्थानीयको सहभागीता रहने वडा अध्यक्ष तामाङले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार