२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सामुदायिक विद्यालयप्रती समाजको सकारात्मक दृष्टि—प्र.अ


२५७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २२, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । आफैले पढेको बिद्यालयमा सहयोग गर्न पाउनु अहोभाग्य जुरेकोमा खुशीको सीमा रहेन भन्दै हुनुहुन्थ्यो रामचन्द्र कायष्ठ को सुपुत्री अनिला कायष्ठ ।
    पिताको १४ औं स्मृतिको अवसर पारेर काभ्रेकै पुरानो विद्यालय आजाद माध्यमिक बिद्यालयमा अध्यनरत शिशु कक्षा देखि पाँच कक्षा सम्मका छात्रछात्रालाई पोशाक बितरण गर्दै खुशी साट्नु भएको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ५ स्थित आजाद मा.विका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ ।

    आफ्नो बुबा रामचन्द्र कायष्ठको १४ औँ पुण्य तिथिको अवसरमा विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको पूर्व विद्यार्थी अनिला कायष्ठले सो अबसरमा जानकारी गराउनु भएको छ । उहाँका अनुसार हरेक वर्ष बुबाको पुण्य तिथिको अवसर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका थियौँ । यस वर्ष आफ्नै विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेर सहयोग गर्न पाउँदा उनले खुशी व्यक्त गर्नुभएको छ ।

    विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै, विद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठको गुनासो थियो । केही समय अघिदेखि विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या भएकाले रङ्गीचङ्गी कपडा लगाएर आउने गरेका थिए । विद्यार्थीहरुले अहिले नयाँ पोशाक पाएका छन् । अब विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या केही मात्रामा भए नि राहत भएको छ भन्नू हुँदै सामुदायिक विद्यालयप्रति समाजको हेराइमा परिवर्तन आएकोमा खुशी व्यक्त गर्दै आम सचेत वर्गले यसैगरी चासो राखिदिने हो भने फेरि पनि सामुदायिक बिद्यालय अब्बल सावित हुने बिश्वास व्यक्त गर्नु भएको छ ! उक्त अवसरमा अनिला कायष्ठको परिवार र संचारकर्मीको पनि बाक्लो उपस्थित रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार