काभ्रे, पनौती । गाँजाको कारण युवाहरु बिग्रीएको व्यापक जनगुनासो आईरहेको अवस्थामा काभ्रे प्रहरीले विक्रि बितरणको लागि लुकाई छिपाई राखेको गाँजाको पोकाहरु सहित मानिस पक्राउ गरेको छ ।
पनौती नगरपालिका वडा नं ११ थुम्कीका ४५ बर्षिय राम कृष्ण के.सी सहित लुकाई छिपाई राखेको ९ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरी आवश्यक कानुनि कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।
प्रहरीका अनुसार गोप्य सुचनाको आधारमा प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी अधिकृत सहितको प्रहरी टोलीले खोजतलाई गर्दा बिक्रिको लागि घरमै लुकाएर राखेको गाँजा सहित के.सीलाई वक्राउ गरीएको हो ।
प्रतिक्रिया दिनुहोस