२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

माओवादी पार्टी, काभ्रेले पायो सात केन्द्रिय सदस्य


२१७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २४, मंगलबार मा प्रकाशित २ साल अघि
  • नेकपा (माओवादी केन्द्र)ले मनोनीत हुने ९७ जना केन्द्रीय समितिका सदस्यहरुको नाम टुंग्याएको छ । सोमबार बसेको बैठकमा अध्यक्ष प्रचण्डल पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी टुंग्याएका हुन् ।

    सो विवरणमा काभ्रेबाट ४ जना मनोनित भएका छन् । जस अनुसार पूर्व उर्जा राज्यमन्त्री तथा पार्टीको काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज), संविधान सभा सदस्य तेजबहादुर मिजार, वागमती प्रदेशका युवा तथा खेलकूद मन्त्री एवं. अनेरास्ववियू (क्रान्तिकारी)का पूर्व केन्द्रिय अध्यक्ष रत्न ढकाल र पुराना वामपन्थी नेता डा. भरत लामिछाने रहेका छन् । यस अघि काभ्रेबाट रुकु चौंलगाईं, मिना तामाङ र कमला दोङ केन्द्रिय सदस्यमा निर्वाचित भइसकेको छ । योसँगै काभ्रेमा माओवादी केन्द्रको केन्द्रिय सदस्यको संख्या ७ पुगेको छ ।

    प्रचण्डले प्रस्ताव गरिएको केन्द्रिय सदस्यहरुमा खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जना रहेको छ । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार