काभ्रे : आमाबुबाको राम्रो हेरचाह गर्ने रोशी गाउँपालिकाका २४ जना असल सन्तानलाई गाउँपालिकाले “श्रवण कुमार” पुरस्कारद्धारा सम्मान गरेको छ । आफ्नो आमा बुबालाई उच्च सम्मानका साथ हेरचाह, स्याहार गरेका असल सन्तानलाई रोशी गाउँपालिकाले नगद सहित दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गरेको हो ।
रोशीको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेको श्रवण कुमार सम्मान पुरस्कार यस दशौ गाउँसभाको अवसरमा प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिइन् ।
कार्यक्रमका अवसरका रोशी गाउँपालिका अध्यक्ष डि.बि लामाले कुनै पनि ज्येष्ठ आमा बुवा सन्तानको माया र उचित स्याहार बाट वञ्चित हुन नपरोस् भनि सन्तानलाई हौसला र प्रेरणा स्वरुप यो सम्मान गरेको बताए । उनका अनुसार आफ्ना सन्तानबाट टाढा रहेर वृद्धा आश्रममा बस्नु नपरोस् र आफ्नो सन्तानको साथमा खुशीसाथ जीवनयापन गर्न सकोस् भन्ने उदेश्यले यस कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
गाउँपालिकाले वडा नम्बर १ बाट शान्तिमाया लामा र शान्तमाया लोप्चनलाई वडा नम्बर २ बाट सूर्यमान लामा र प्रकाश बोहोरा, ३ बाट शिवराम श्रेष्ठ, भगवान ४ बाट पेमलाल कायस्थ, ढक बहादुर मगर ५ बाट रावत लामा, सानु कान्छा लामा ६ बाट कान्छा राम तामाङ निलम महर्जन ७ बाट उमेश गौतम, राधिका मैनाली ८ बाट आमै रानी तामाङ, तेज बहादुर ठकुरी ९ बाट रित बहादुर पुलमी, पुष्पराज शाह १० बाट कृष्ण बहादुर ज्यू, प्रवलराज सापकोटा ११ बाट सन्तमान तामाङ, पूर्ण कुमारी दमिनी १२ बाट पे्रम बहादुर तामाङ्ग र सुरेन्द्र कुमार राय लाई सम्मान गरेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस