२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

तेमालको सडक कालो पत्रेको लागि ४० करोड


५३२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र १, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्ला तेमाल गाउँपालिकाको मुख्य सडक भकुण्डे–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक स्तरोन्नति र पिच हुने भएको छ । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)को पहलमा ४० करोड बजेट व्यवस्था भएपछि तेमालको सो सडक अब पिच हुने भएको हो ।

    एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक पिच गर्ने रणनीति अन्तर्गत सांसद बमध्वजले भकुण्डे–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक छनौट गरेका थिए । आइतबार पिचको लागि टेन्डर समेत आव्हान भएको छ ।

    तेमालमा सडक पुगेपनि स्तरोन्नति समेत नहुँदा तेमाली जनताले यातायात क्षेत्रमा ठूलो जोखिम ब्यहोर्दै आएका थिए । सो सडकको भकुण्डे सडक खण्डमा केही पिच भएपनि धेरै हुन बाँकी थियो । आफ्नो क्षेत्रको रोड पिच हुनेभएपछि तेमाली जनता खुशी भएका छन् ।

    यस अघि वागमती प्रदेशका युवा तथा खेलकूद मन्त्री रत्न ढकालले बजेट व्यवस्था गरेपछि तेमालको बाटो पिच गर्न शुरुवात समेत गरेको थियो । करिब १ किलिोमिटर मिटर पिच सम्पन्न भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार