काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ स्थित पचवार गाउँमा ५० केभीको ट्रान्सफर्मर उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले एक कार्यक्रमका बीच उक्त ट्रान्सफर्मर उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गौतमले आफूहरुले निर्वाचनको क्रममा गरको बाचा पूरा गरेको बताए । ‘हामी निर्वाचनमा तपाईंहरुसँग ट्रान्सफर्मरको व्यवस्था गर्ने र विद्युतमा आएको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थियौं ।’ उनले भने, ‘हामीले गरेको बाचा सबै पूरा गरेका छौं ।’
आफूहरुले जे बोल्छ, त्यो गरेरै छाड्ने फेरिपनि प्रतिबद्धता जाहेर गर्दै उनले पचवारको माझी र दलित समुदायलाई माथि उठाउन विशेष पहल गर्ने बताउँदै यहाँको संस्कार, सँस्कृतिको विकास र सम्बद्र्धनमा समेत गाउँपालिका गम्भिर भएर लाग्ने बताए ।
सो स्थानमा भएको विद्यालयमा नयाँ भवन निर्माण गर्ने र लिफ्ट सिंचाईको समेत व्यवस्था गर्ने बताए ।
सो कार्यक्रममा माओवादी नेता तथा सामुदायिक विद्युतिकरण सहकारी संस्थाका कोषाध्यक्ष सुनबहादुर लामाले निर्वाचनको बेला आफू जिम्मा बसेर ट्रान्सफर्मरको समस्या समाधान गर्ने प्रतिबद्धता अनुरुप आज त्यो प्रतिबद्धता पूरा भएको बताए । ‘हामीले वाचा पूरा गरेका छौ । काम गर्न विभिन्न अवरोध आयो । तर हामी सामना गर्दै अघि बढ्यौं ।’ लामाले भने, ‘४८५ वटा पोल फेर्न हामीले पहल गरेका थियौं । आज काठको पोल निषेध अभियान पनि पूरा भएको छ ।’
सो कार्यक्रममा माओवादी केन्द्रका चौंरीदेउराली गाउँपालिका अध्यक्ष तेज पन्त, गाउँपालिका उपाध्यक्ष अञ्जीत गौतम, वडा नं. ८ का वडा अध्यक्ष तथा माओवादी केन्द्र चौंरीदेउराली गाउँपालिकाका कोषाध्यक्ष धन लामा, पार्टी वडा अध्यक्ष केपी पाण्डे, विद्यार्थी नेता समिर पाण्डे, कार्यपालिका सदस्य उमेश माझी लगायतका सहभागी रहेका थिए
प्रतिक्रिया दिनुहोस