२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बैंक कसुर अभियोगमा काभ्रेलीलाई प्रहरीले झ्याप


२२९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र २, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे : बैंकिङ कसूर मुद्दाका फरारमा फरार रहेका काभ्रे पनौतीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ घर भएका ५६ वर्षीय डल्ले कामी रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवान, ५ दिन कैद र विगो रकम १८ लाख रुपैयाँ ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाईएको उक्त महाशाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार