२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा वृद्धको मृत्यु


३५०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३ चैत, वीरगञ्ज । बारामा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो ।

    २५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको शरीरको छातिमुनिको ६० प्रतिशत भाग जलेको थियो । नेशनल मेडिकल कलेज वीरगञ्जमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो ।

    उपचारको क्रममा गएराति १२:१० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।आगलागीबाट मृतकको नातिनी ३ वर्षीया सुप्रिया साहको पनि घुँडा भन्दा मुनिको भाग जलेको लियो । कलैया अस्पतालमा उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार