आइ.आर.के.मैनाली
काभ्रे । युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख (सि.इओ) मनोज कुमार लाल कर्णले नेपालमा १५ बर्षपछि गरिविको अन्त्य हुने बताउनु भयो ।
विकसित मुलुसकका जनताले जस्तै नेपालीहरुले पनि विमाको महत्व बुझेकाले गर्दा अवको १५ बर्ष भित्र सम्पुण नेपालीहरु बिमामा आबद्ध भैसक्ने जसको कारण गरिविको अन्त्य हुने छ, लालकर्णले बताउनु भयो ।
शनिबार काभ्रे पाँचखालमा आयोजित सम्मान कार्यक्रमको अवसरमा प्रमुख अतिथि लाल कर्णले थप्नुभयो—विमामा आबद्ध नहुनेहरु खुसिसाथ मर्न पाउंदैनन्, उनीहरुलाई मर्ने बेलामा पनि आफु मरेपछि परिवार कसरी चल्ला भन्ने चिन्ताले सताई रहेको हुन्छ । विमा नहुनेहरुलाई परिवारको चिन्ताको कारण हाटहट्याक हुने गर्छ, जस्ले विमा गरेको हुन्छ उसलाई परिवारको बारेमा चिन्ता नहुने भएकोले हाटहट्याक गलाएतको रोगले आक्रमण गरीहाल्न सक्दैन ।
विमा भनेको बुढेसकालको सहारा हो, जसले गर्दा विमा हुनेको घरपरिवार बरवाद नहुने ठोकुवा गर्नुभयो । ठुलो महलमा रंगरोगन नगर्नु, बत्ती नहुदा जति अध्यारो भएर महत्व घट्छ त्यसैगरी विमा नहुने व्यत्तिको जिवनपनि अंध्यारै हो । घरका अभिभावकले विमाको मार्ग देखाउदैन भने त्यो अभिभावकले बालबच्चाको लागि अन्याए गरेको ठहर्छ । जिवनलाई पुर्ण गर्नको लागि विमामा अबद्ध हुनुपर्ने कर्णले बताउनु भयो ।
नेपाली समाजमा विमाको महत्वको वारेमा पुर्ण जानकारी गराउंदै जिवन खानको लागि मात्रै नभई सहजसंग जिउन साथै भावि सन्ततिको लागि भविस्य सुनिश्चित गर्ने ढंगको कार्यमा योगदान पुर्याएको भन्दै पाँचखाल र आशपासका चारजना व्यतित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बागमती प्रदेशकै पहिलो सि.ओ.टि अष्टबहादुर श्रेष्ठ, एम.डि.आर.टि निरञ्जन अधिकारी, एम.डि.आर.टि प्रभुराज गिरी र एम.डि.आर.टि जिवन श्रेष्ठ रहनु भएको थियो ।
युनियन लाईफ इन्स्योरेन्स बागमति प्रदेश बनेपा एरियाका इञ्चार्ज एवं पाँचखाल शाखाका प्रमुख दोर्जे लामाले सञ्चालन गर्नुभएको उक्त सम्मानित कार्यक्रममा कम्पनिका विमा रत्न दामोदर गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यत्रममा स्टार एजेन्सि सुमन भुजेल, वागमति प्रदेश प्रमुख हरि ढुंगाना, वागमति प्रदेशका यसबर्षको पहिलो सि.ओ.टि अष्टबहादुर श्रेष्ठ, एम.डि.आर.टि त्रय निरञ्जन अधिकारी, इक्छाराज गिरी र जिवन श्रेष्ठले विमाको आवस्यकता र महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस